प्रेममै उभिएर पनि प्रेम बुझ्दैन समाज


१० फाल्गुन २०७७, सोमबार
priya devkota kabita scaled


चराहरू प्रेम गर्छन् । जोडी ढुकूर त मान्छेका निम्ति पनि अनुकरण बनिदिएको छ । एकअर्कामा प्रेमको बचनबद्धता र समर्पण चखेवाले सिकाउँछ, मान्छेलाई । प्रेमको सम्मान र प्रोत्साहन गर्न हाम्रा पूर्वजहरूले विरुवाको समेत विवाह गरिदिने प्रचलनलाई निरन्तरता दिए । अहिले पनि बर र पिपलको विवाह गरिदिने संस्कृति जिवितै छदैछ ।

धार्मिक ग्रन्थहरूले त प्रेमको भकारी नै बुनिदिएका छन् । जहाँ, ग्रह/उपग्रह र ताराहरूको प्रेम हुन्थ्यो । सूर्य, वायू र समुन्द्रहरू प्रेममा परेको बृतान्त बर्णित छ । आजकै दुनियाँले लेख्ने साहित्यको प्रमुख विषय पनि हो– प्रेम ।

ध्रुब सत्य होे– कहाँ थिएन प्रेम ? प्रेम कसले गर्दैन ? हावार्ड विश्वविद्यालयले गरेको एक अनुसन्धानले त भन्छ– चराहरू बीच पनि अफेयर चल्छ । प्रेमको चोरी हुन्छ । रिसाउँछन्, झगडा गर्छन्– चराहरू । पोथी मँयुर खुशी पार्न भाले मँयुर जोखिम उठाएर इन्द्रेणी नाँच्छ । मानिस त अझ प्राणीहरूमा पनि सर्वश्रेष्ठ । कसरी बाँच्नु प्रेम बिना ? बडो अचम्मको छ– प्रेम ।

कहाँ थिएन प्रेम ? प्रेम कसले गर्दैन ? हावार्ड विश्वविद्यालयले गरेको एक अनुसन्धानले त भन्छ– चराहरू बीच पनि अफेयर चल्छ । प्रेमको चोरी हुन्छ । रिसाउँछन्, झगडा गर्छन्– चराहरू । पोथी मँयुर खुशी पार्न भाले मँयुर जोखिम उठाएर इन्द्रेणी नाँच्छ । मानिस त अझ प्राणीहरूमा पनि सर्वश्रेष्ठ । कसरी बाँच्नु प्रेम बिना ? बडो अचम्मको छ– प्रेम ।

ठिकै भनिने गर्छ– प्रेम कुनैपनि बेला, जोसुकैसँग पर्न सक्छ । त्यसैले प्रेमको प्रतीक मात्रै होइन, दुनियाँले उत्सवको पात्रो पनि बनायो । पूर्वीय संस्कृतिले मधुमास भन्यो, पश्चिमाले प्रेम दिवस (भ्यालेन्टाइन डे) । प्रेम गर्नेहरू बीच १४ फेब्रअरी विशेष दिन बन्न पुग्नु र अन्तर्राष्ट्रिय रूप लिनुले पनि प्रेम शक्तिको मापण हुन्छ ।

प्रेमको कुनै रूप हुन्न । न त भौतिक आकार, न रंग नै हुन्छ । प्रेममा भाव हुन्छ । एक मनले बोल्छ र अर्को मनले सुनिदिन्छ-बुझिदिन्छ । प्रकृति हो, प्रेम । कसैले प्रेम गर्दिनँ भने पनि समयले उसलाई प्रेममा बाँधिदिन्छ– स्वयम् उसैले थाहा नपाइ । कसको प्रेममा कतिखेर पागल बनिन्छ, थाहै हुन्न । प्रेम पीडाको सागर हो । तर, मानिसहरू डुबेकै छन् ।

इमरोज, सहिर र अमृताको जीवनमा प्रेमको सही वर्णनन् पाइन्छ, सायद । उनीहरूले सामाजिक नियमको प्रवाह नगरी प्रेम गरेका थिए । अनि, प्रेमसँग जोडिएर आउने सम्बन्ध हो– विवाह । तर, विवाह हुँदैमा पनि प्रेम नहुन सक्छ । प्रेम हुँदैमा विवाह हुने निश्चित छैन ।

प्रकृति हो, प्रेम । कसैले प्रेम गर्दिनँ भने पनि समयले उसलाई प्रेममा बाँधिदिन्छ– स्वयम् उसैले थाहा नपाइ । कसको प्रेममा कतिखेर पागल बनिन्छ, थाहै हुन्न । प्रेम पीडाको सागर हो । तर, मानिसहरू डुबेकै छन् ।

हामी १६ वर्षे जवानीको प्रेम कहानी प्राय सुन्ने गर्छौ । तर, उमेरको गणनाले प्रेम गर्न रोकिन्छ र ? हाम्रै समाजमा पनि सुन्ने गर्छौ– अधवैशे प्रेम सम्बन्धहरू । समाजले सहज नमानिरहेका पनि हुन्छन् । तर, रोकिएका छैनन् । मानिसहरू सजिलै भनिदिन्छन्– उमेर ढल्केपछि किन हुनु प्रेम ! किन गर्नुप¥यो विवाह !

तर समाज नै बुझिदिदैनन्, बढ्दो उमेरसँगै एक्लोपनको अनुभूति । युवा हुँदा पढाइ, करिअर र जिम्मेवारीको बोझले व्यस्त बनाइदिन्छ । त्यो बेला दायित्वको भारीले एक्लो महशुस कम हुन सक्छ । वरिपरी साथीभाइ र आफन्त हुन्छन् । युवा वयमा जुनसुकै बातावरणमा सजिलै घुलमिल हुन सकिएला । तर, अधवैशें वा बुढौली लाग्दै जाँदा त्यस्तो नहुन सक्छ । प्रेम र भावनात्मक सम्बन्धको खाजी हुन्छ । मन मिल्ने साथी मनले खोज्न थाल्छ ।

तर, अविवाहित एकल अनुभूति र पीडा बुझ्ने फूर्सद समाजलाई कहाँ छ र ? प्रेम र विवाहको उमेर तोकिदिने समाजले जबर्जस्त ढोंगी नियम सुनाउँछ र मुर्छित बनाउँछन् सम्बन्धहरू । अनि चटक्कै भुलिदिन्छन्, अधवैशें प्रेम सम्बन्धबाट मिल्ने खुशी । माथि नै भनिसकियो, प्रेम त जुनसुकै उमेरमा, जोसुकैसँग हुनसक्छ । जस्तो– सरिता र अमन ।

आत्मनिर्भर त छिन्, तर पढाइ, करिअर अनि पारिवारिक जिम्मेवारीले ३० वर्ष कटेको पत्तै पाइनन् सरिताले । तर, बिस्तारै कता–कता मन मिल्ने साथीको अनुभूति मनमा हुन थाल्यो । अफिसबाट फर्कदा प्रेमिल जोडी देखिए, अनेक कल्पनामै डुब्न थालिन् । प्रेममा खोजिने नै ‘शेयरिङ एण्ड केयरिङ’ हो । उनको मनमा त्यस्तै अनुभूतिले बास गर्न थाल्यो । कामको शिलशिलामा समयान्तरमा उनको भेट अमनसँग भयो ।

आत्मनिर्भर त छिन्, तर पढाइ, करिअर अनि पारिवारिक जिम्मेवारीले ३० वर्ष कटेको पत्तै पाइनन् सरिताले । तर, बिस्तारै कता–कता मन मिल्ने साथीको अनुभूति मनमा हुन थाल्यो ।

अमनको अवस्था पनि उस्तै थियो । बेलैमा विवाह गरेका भए, बालबच्चा किशोर भइसक्ने थिए । तर, पहिलो प्रेमको असफलतासँगै अमन करिअरमा केन्द्रीत भए । उनको मन अन्ततिर गएन । एउटै मनोदशा र पीडामा छट्पटिएकाहरू बीच भावनात्मक निकटता बढ्दै गयो । दुवैले प्रेम पाए । आत्मीय मायालु साथी भेटे ।

हो, प्रेम गर्न उमेरको गन्ती होइन, भावनाको संयोजन हुनुपर्छ । समाजले साथ दिनुपर्छ । गिज्याउनु हुन्न । प्रेमिल जोडीहरू जहिल्यै बन्न सक्छन्, भिन्न रूप र अवस्थामा । यस्ता हरेक प्रेमलाई समाजको भावनात्मक साथ र हौसला हुनुपर्छ । किनकि जीवनमा त्यस्तो एउटा साथी त पक्कै चाहिन्छ, जोसँग मनका असजिला कुरा सजिलै साट्न सकियोस् ।

एकल अनुभूतिको पीडा कति कष्टकर हुन्छ भन्ने त स्वयम् भोग्नेहरूलाई थाहा होला । प्रेम नपाउनेहरूको पीडा पाउनेहरू कसरी बुझुन् । जबकि प्रेम प्राणी जगतको नैसर्गिक अधिकार हो । जिउँने आधार हो ।

तर, हामीसँग त्यस्तो सहज संस्कृति कहाँ छ र ? समाजले धारण गरेको असामाजिक चिन्तन बुझ्न त ‘सेतो धरती’ उपन्यासकी पात्र तारा पढे पर्याप्त हुन्छ । प्रेम, पीडा र वियोगको त्रिवेणी बनेर ताराको जीवनकथा रचित हुनु समाजको ऐना पनि हो । यसको अर्थ सामाजिक मर्यादा र नैतिकताको मार्ग बिर्सिए हुन्छ भन्ने होइन । तर, सामाजिक मर्यादा र नियमको नाममा प्रेम र खुशीको खोजीमा हिडेकाहरूको बाटोमा अवरोध सिर्जना गरिनु राम्रो होइन ।

एकल अनुभूतिको पीडा कति कष्टकर हुन्छ भन्ने त स्वयम् भोग्नेहरूलाई थाहा होला । प्रेम नपाउनेहरूको पीडा पाउनेहरू कसरी बुझुन् । जबकि प्रेम प्राणी जगतको नैसर्गिक अधिकार हो । जिउँने आधार हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७