दक्षिणकालीमा टिपरले ठक्कर दिंदा एक युवकको मृत्यु


१४ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं, १४ फागुन । काठमाडौंको दक्षिणकालीमा टिपरले ठक्कर दिंदा एक युवकको ज्यान गएको छ ।

दक्षिणकाली नगरपालिका– ६ मा गए राति बा २ क ४५५३ नम्बरको टिपरको ठक्करबाट मकवानपुरको भीमफेदी गाउँपालिका–८ का ३५ वर्षीय सन्तलाल लुम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएक लुम्बाको उपचारको क्रममा राति नौ बजे नेपाल मेडिसिटी अस्पतलामा मृत्यु भएको हो । दुर्घटनापछि टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७