चुडामणि शर्माविरुद्धको मुद्दामा मिसिल झिकाउन विशेष अदालतको आदेश


१६ फाल्गुन २०७७, आईतवार
Chudamani sharma

काठमाडौं, १६ फागुन । आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्धको मुद्दामा विशेष अदालतले मिसिल झिकाउन आदेश दिएको छ ।

आइतबार विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त मुद्दाका मिसिल झिकाउन आदेश दिएको हो । कर फर्छ्यौट आयोगका दुई जना पदाधिकारीसहित आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक शर्माविरुद्ध अख्तियारले तीन वर्ष पहिले मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा शर्मासँगै कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई पनि विपक्षी बनाइएको छ । उनीहरुले बदनियतपूर्वक १० अर्ब रुपैयाँभन्दा बढी रकम अनधिकृत रुपमा कर छुट तथा मिनाहा गरी गैरकानुनीरुपमा सरकारलाई नोक्सानी पुर्‍याएको आरोप छ ।

कूल विगोको रुपमा १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय ४२ रुपैयाँ दाबी गरिएको छ । उनीहरुविरुद्ध राजश्व चुहावट र गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा चलाइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७