आवश्यक परे पार्टी आधिकारिकताका सबै प्रमाण निर्वाचन आयोगमा पेश गरिने छ : अध्यक्ष नेपाल


१८ फाल्गुन २०७७, मंगलवार
Madhav kumar Nepal

मोरङ, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गरेका छन् ।

नेपाल प्रेस सङ्गठन मोरङद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले बहुमत सदस्य आफूहरुका पक्षमा रहेको पनि जिकिर गर्दै पार्टीका अधिकारिकता विषयमा समस्या नहुने विचार व्यक्त गरेका छन् ।

नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा पूर्व प्रधानमन्त्री नेपालले राखे । निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका विषयमा चिठ्ठी नै लेखेर पठाइसकिएको बताउँदै नेता नेपालले आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण पेश गरिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७