सक्ने भए हटाउ, अर्को चुनावमा दुई तिहाइसहित सिंहदरबार फर्किन्छु : प्रधानमन्त्री


१८ फाल्गुन २०७७, मंगलवार
kp oli 2 scaled

झापा, १८ फागुन । गृह नगर झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याएर सिंहदरबार फर्किने दावी गरेका छन् ।

आज (मंगलबार) झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गर्दै उनले भने, ‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, डेढ दुई वर्षपछि चुनाव आउँछ । दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’

तर अहिले पनि आफूलाई हटाउन सजिलो नभएको प्रधानमन्त्री ओलीले बताए । उनले आफूले फागुन २३ गते संसद अधिवेशन बोलाएको भन्दै सर्वोच्च अदालतको फैसलाको अब परीक्षण हुने बताए । ‘फागुन २३ गते अधिवेशन बोलाइएको छ । राम्ररी चलाएर अघि बढाउने प्रयास मेरो हुन्छ । नकारात्मक भूमिका कहिले पनि हुँदैन’ उनले भने ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७