पिसिआर नेगेटिभ पर्यटकलाई निर्वाध आउन दिने तयारी


२३ फाल्गुन २०७७, आईतवार

काठमाडौं, २३ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्वाध रुपमा नेपाल आउन दिने तयारी भइरहेको बताएका छन् ।

पिसिआर नेगेटिभलाई निर्वाध आउन दिनेसँगै अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै आग्रह गरेको र यो विषय छिट्टै मन्त्रिपरिषद्बाट सम्बोधन हुने उनले बताए ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४ औँ वार्षिक साधारणसभामा उनले त्यस्तो जानकारी दिएका हुन् । सो अवसरमा मन्त्री ढकालले पर्यटन क्षेत्रको विविधीकरण र अन्तर्राष्ट्रिय बजारीकरणका लागि रणनीतिक योजना र कार्यक्रम ल्याउन पाटा नेपाललाई आग्रह गर्दै यसका लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७