सरकारकै मुखपत्रको पहिलो पृष्ठमा प्रचण्ड संसदीय दलको नेता चुनिएको खबर, ओली आश्चर्यचकित


२३ फाल्गुन २०७७, आईतवार
kp oli2021 02 24 06 40 07

काठमाडौं, २३ फागुन । सरकारकै अंग्रेजी मुखपत्र ‘द राइजिङ नेपाल’ ले सरकारको विपक्षमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन भएको समाचार छापिएको छ । पहिलो पृष्ठमै प्रचण्ड संसदीय दलको नेता चुनिएको समाचार छापिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आश्चर्यमा परेका छन् ।

risingnejpal

प्रचण्ड–नेपाल पक्षले संसदीय दलको बैठक राखेर दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटाएको भोलिपल्ट हिजो शनिबार ओली समूहले आफ्नो पक्षको संसदीय दलको बैठक बसेको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको संसदीय दलको बैठकमा नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले राइजिङ नेपालको पहिलो पृष्ठमा प्रचण्ड–नेपाल पक्षले संसदीय दलको नेतामा प्रचण्ड चुनिएको समाचार प्रकाशन गरेको देखेपछि असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ ।

prachanda risingnepal11

बैठकमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्री ओलीले ‘आज राइजिङ नेपालको फ्रन्ट पेजमा नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा प्रचण्ड चुनिएको समाचार देख्दा मलाई आश्चर्य लाग्यो’ भनेको स्रोतले बताएको छ । यो खबर सरकारको नेपाली मुखपत्र ‘गोरखापत्र’ ले पनि दोस्रो पृष्ठमा छापेको छ । ‘हुनै नसक्ने भ्रामक कुरा कसरी राइजिङ नेपालको फ्रन्ट पेजमा छापियो,’ प्रधानमन्त्री ओलीले भनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७