हुन्डाई ‘भेन्यू’का दुई संस्करण नेपाली बजारमा, यस्ता छन् फिचर र मुल्य


२४ फाल्गुन २०७७, सोमबार
20180320084744 crz1

काठमाडौं, २४ फागुन । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लस संस्करण सार्वजनिक गरेको छ।

हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लस भिन्न इन्जिन अप्सनमा उपलब्ध हुने छन्। १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भिटीभिटी टेक्नोलजि जसको ८३ पीएसरर६००० आरपीएमको सर्वाधिक पावर रहनेछ, तथा १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भिटीभिटी टेक्नोलोजि जसको सर्वाधिक पावर १२० पीएसरर६००० आरपीएमको रहनेछ।

बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा अघिल्लो बर्ष सार्वजनिक गरिएको हुन्डाई भेन्यूले बजारमा आफ्नो दह्रो उपस्थिति जनाएको कम्पनीको दाबि छ। कम्पनीकाअनुसार हुन्डाइ भेन्यू स्मार्ट शार्क फिन एन्टिना, टर्न सिग्नल भएका विद्युतले मिलाउन सकिने रिअर मिरर, इलेक्ट्रीक सन रुफ, आकर्षक फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेलले सुसज्जित छ ।

कम्पनीकाअनुसार यसको आर१५ डायमण्ड कट एलोइ पाङ्ग्रा तथा रिअर क्यामेराको साथ हिल एसिष्ट कन्ट्रोलले नौलौ र उत्साहजनक सवारी अनुभव दिनेछ । हुहुन्डाई भेन्यू १.२ एसप्लस मा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ, जस अन्तर्गत कर्नरिङ्ग लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिष्टल इफेकट सहितको एलईडी डीआरएल लाइट विशेष छन् ।

कम्पनीकाअनुसार इंटेलिजेंट म्यानुअल ट्रान्समिशनको साथ हुन्डाई भेन्यू आईएमटीले क्लचलेस ड्राइभिंग अनुभव दिन्छ। सेगमेन्टमा नयाँ, आईएमटीसँग क्लच प्याडल नभएकाले राम्रो ईन्धन दक्षता र मजाको ड्राईभिइङ अनुभव गर्न पाईन्छ। उत्कृष्ट यात्राको अनुभव गराउन, हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लसमा नवीनतम विशेषताहरु जस्तै रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लसटर, ड्राईभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटीे म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल रहेका छन् जस्ले हुन्डाई भेन्यूू आईएमटी र हुन्डाई हुन्डाई भेन्यू १.२ एसप्लसलाई एउटा सुरक्षितयात्राको सहयात्री बनाएको छ ।

त्यस्तै हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लसका थप विशेषताहरुमा वाइरलेस फोन चार्जर, ब्रुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर ए सि भेन्ट रहेको कम्पनीले जनाएको छ। यी गाडीहरुको शुरुवाती मूल्य हुन्डाई भेन्यू को ४४,५६,००० र हुन्डाई भेन्यूू आईएमटी ४४,९६,००० कायम गरिएकोे कम्पनीले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७