६ अर्बको युरेनियमसहित चार जना पक्राउ, मुख्य व्यक्ति अमेरिकामा


२९ फाल्गुन २०७७, शनिबार
pakrau 1

काठमाडौं, २९ फागुन । नेपालमा पहिलो पटक युरेनियम बरामद भएको छ । करिब २० वर्षअघि भारतबाट ल्याएर बौद्धस्थित एक घरमा लुकाइराखेको दुई किलो युरेनियम प्रहरीले बिहीबार बरामद गरेको हो ।

बरामद युरेनियमको मूल्य करिब ६ अर्ब पर्ने प्रहरीले जनाएको छ । ग्राहक बनेर गएका बिक्री गर्न खोज्ने नारायणसिंह तामाङ, जानुका तामाङ, प्रकाश चौहान र मनोज न्यौपाने पक्राउ गरेको छ ।

राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा बरामद वस्तु युरेनियम नै भएको पुष्टि भएको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

उनले भने, ‘बरामद धातु युरेनियम भएको पुष्टि भएको छ, यसको अहिले मूल्य करिब ५–६ अर्ब पर्छ भन्ने छ ।’ घटनासँग जोडिएका मुख्य व्यक्ति अमेरिकामा भएको पनि प्रहरीले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७