माओवादी त्यागेर एमाले बनेका सांसदहरूको पद गुम्ने


१ चैत्र २०७७, आईतवार

काठमाडौं, १ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुन बमोजिम उनीहरूको सांसद पद गुम्ने देखिएको छ ।

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले थापा, रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरीलगायत ५३ जनालाई एमाले पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेपछि माओवादीका तर्फबाट निर्वाचित व्यक्तिहरुको सांसद पद कानुनबमोजिम गुम्ने देखिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ मा दल त्याग गर्न नहुने उल्लेख छ । सो दफाको उपदफा (१) मा भनिएको छ– ‘कुनै दलका तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसद्को सांसद, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यो दल त्याग गर्न सक्ने छैन ।’

उपदफा (२) मा उपदफा (१) बमोजिम कुनै सदस्यले दल त्याग गरेमा भने त्यस्तो सदस्यको पद जाने स्पष्ट गरिएको छ । उपदफा (२) मा उपदफा (१) प्रतिकूल हुने गरी कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिने उल्लेख छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७