नबिल बैंकले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने कार्ड


११ चैत्र २०७७, बुधबार
Artwork Nabil iCard zDcHs29i58

काठमाडौं, १० चैत । अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले युएस डलर नबिल आईकार्ड ल्याएको छ ।

बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइट मार्फत अनलाइन सपिङ गरी विश्व भर ९भारत बाहेक० भुक्तानी गर्न सक्नेछन् । सो कार्ड लिनको लागि ग्राहकहरुको खाता संगै प्यान कार्ड पेश गर्नुपर्नेछ ।

ग्राहकले एकै पटक वा पटक पटक गरि एक बर्षमा अमेरिकी डलर ५०० बराबर को परिवर्त्य विदेशी मुद्राको सटही गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७