नेपालले हराउन सकेन १० खेलाडीमा सीमित किर्गिस्तानलाई


१२ चैत्र २०७७, बिहीबार
TH4B9936 2 scaled

काठमाडौं, १२ चैत । थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा नेपालले १० खेलाडीमा समेटिएको किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा १० खेलाडीमा सिमित किर्गिस्तानलाई हराउन नसकेको हो ।

घरेलु टोली नेपालले दर्जन बढी अवसर पाए पनि गोल गर्न नसक्दा गोलरहित बराबरीमा रोकिन बाध्य बनेको हो । नेपालका अन्जन विष्टले आधा दर्जन अवसर खेर फालेका थिए । चौथो मिनेटमा तेज तामाङको फ्रिकिकमा अन्जन विष्टको फ्रि हेडर पोस्टनजिकैबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । नवौं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा फ्लिक भएको हेडरलाई दिनेश राजवंशीले मौका पाएपनि प्रहार गर्न सकेन ।

यस्तै १०औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा अनन्त तामाङको हेडर बाहिरिदा नेपालले अग्रता लिन सकेन । १४औं मिनेटमा अन्जन विष्टको क्रस पोस्टमा लागेर फर्कदा डिफेन्डरले क्लियर गर्दै बचाउदा नेपाल पुनः अग्रता लिनबाट चुक्यो । २९औं मिनेटमा अभिषेक रिजालले पेनाल्टी बक्सनजिकै अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । ३३औं मिनेटमा रवि पासवानको क्रसमा अन्जन विष्टले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

४९औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा तेज तामाङको हेडर गोलरक्षक प्रिएडकिन अर्टिमले सहजै बचाए । ५३औं मिनेटमा फ्रिकिकबाट आएको बललाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले सहजै नियन्त्रणमा लिए । ६३औं मिनेटमा रन्जित धिमालको फ्रिकिकमा अन्जन विष्टको हेडर पोस्टनजिकैबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । लगत्तै रन्जितकै फ्रिकिकमा अन्जनको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ६६औं मिनेटमा दिनेश राजवंशीको क्रसमा अन्जनलेको हेडर सदुपयोग हुन सकेन ।

६६औं मिनेटमा किर्गिस्तान १० खेलाडीमा समेटियो । अभिषेक रिजाललाई लडाएपछि रेफ्री क्रिस्टल जोनले कप्तान तासिभ कामोलिदिनलाई दोहोरो पहेलो कार्ड देखाउदै मैदान बाहिर पठाए । ७३औं मिनेटमा रन्जित धिमालको ब्याक पासमा तालमेल नमिल्दा गोलरक्षक किरणले गोललाइन नजिकैबाट क्लियर गर्दै नेपालको संकट टारे ।

७५औं मिनेटमा दिनेश राजवंशीको पासमा सुजल श्रेष्ठले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि उनको प्रहार आकासियो । ७९औं मिनेटमा अनन्त तामाङको ओभर हेड किकलाई किर्गिस्तानका गोलरक्षक प्रिएडकिन अर्टिमले नियन्त्रणमा लिए ।

योसँगै प्रतियोगितामा बंगलादेश फाइनलमा प्रवेश गरेको छ । बंगलादेशको १ खेलमा ३ अंक रहेको छ । नेपालले शनिबार बंगलादेशसँग खेल्दैछ । द्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १–० ले पराजित भएको थियो । अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल शनिबार हुनेछ ।

राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले चैत १६ गते फाइनल खेल्नेछन् । विजेता टोलीले ५ हजार र दोस्रो टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ । । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७