काठमाडौं विश्वको सबैभन्दा धेरै वायु प्रदुषित शहर {भिडियो}


१४ चैत्र २०७७, शनिबार
ktm city

काठमाडौं, १३ चैत । शुक्रबार विश्वको सबैभन्दा धेरै वायु प्रदुषण काठमाडौंमा देखिएको छ ।

विश्वभरका शहरहरूको हावाको शुद्धता मापन गर्ने स्वीट्जरल्याण्डको आइक्यूएयर डटकमका अनुसार शुक्रबार साँझको हावा विश्वकै सबैभन्दा दुषित भएको देखाएको छ ।

मध्यान्हदेखि शुरु भएको तुँवालोले अपरान्हतिर भने पूरै शहर ढाकेको थियो । बाक्लो तुँवालोका कारण आँखा पोल्ने र खोकी लाग्ने समस्या भएको छ ।

हावाको गुणस्तर नराम्रो भएको दोस्रो स्थानमा चीनको राजधानी बेइजिङ परेको छ । त्यहाँको हावाको गुणस्तर १ सय ८३ रहँँदा तेस्रो स्थानमा भारतको मुम्बइको हावाको गुणस्तर १ सय ७४ छ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७