खनाल–नेपाल पक्षको स्थायी समिति बैठक सुरु, के छन् एजेण्डा ?


२० चैत्र २०७७, शुक्रबार
madhav jhalanath

काठमाडौं, २० चैत। नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरू शुक्रबार बैठकमा जुटेका छन् । कलंकीस्थित मेगा पार्टी प्यालेसमा ११ बजे बस्ने भनिएको बैठक झण्डै डेढ घण्टा ढिलागरी सुरु भएको हो ।

बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल तथा नेताहरु सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, युवराज ज्ञवाली, घनश्याम भुषाल, योगेश भट्टराई,अष्टलक्ष्मी शाक्यलगायत सहभागी छन् । अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित चार जनालाई कारबाही गरेपछि नयाँ रणनीति बनाउने विषयमा छलफल केन्द्रीत हुने नेताहरुले बताएका छन् ।

आजको बैठकले खनाल–नेपाल पक्षले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत दस्तावेज तयार गर्ने छ । बैठकले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत कार्ययोजना बनाउने बताइएको छ । सो समुहका एक नेताका अनुसार गत चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा पारित कार्यपत्रलाई आवश्यक संशोधन गर्दै दस्तावेजका रुपमा तल्ला कमिटीसम्म वितरण गर्ने योजना छ ।

पहिलो चरणमा वडा तहदेखि प्रदेशसम्म समानान्तर कमिटी बनाइने भएको छ । खनाल–नेपाल समूहले यसअघि नै ‘डकुमेन्ट’ नै तयार पारेर राजनीतिक–वैचारिक अभियान चलाउने निर्णय लिइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७