छोराले बनाए आफ्नै आमालाई गर्भवती !


१० फाल्गुन २०७४, बिहीबार
garva
सांकेतिक तस्वीर

काठमाण्डौं, १० फागुन : कलियुगमा के हुँदैन ? असम्भव कुरा पनि सम्भव भएको छ । सुन्दा पनि अचम्म लाग्ने कुरा पनि सुन्न परिरहेको छ । कतिपय घटनाहरु त सुन्न पनि नपरोस् भन्ने खालका हुन्छन् । तर, मान्छेहरुले गति छाडेपछि कसको के लाग्छ र ? मन नलागे पनि सुन्नु पर्ने वाध्यता छ । अझ पछिल्लो समय आएको यौन विकृतिका घटनाहरु सुन्ने मात्र हो भने पनि मस्तिष्कले काम नगर्ला जस्तो हुने गरेको छ । स्याङ्जा जिल्लामा भएको एउटा यस्तै घटनाले सामाजिक मर्यादाको हद नाघेको पुष्टि गरेको छ । यौन विकृतिका अहिलेसम्म सुन्दै आएका खबर भन्दा बिल्कुल फरक । सभ्य समाजमा सोच्न पनि नसकिने घटनाका रुपमा यो घटनालाई मानिसले लिएका छन् । यस्तो घटना न हामीले पहिले कहिल्यै सुन्यौँ, न पछि कहिले सुन्नु परोस् ।garva

स्याङ्जा खिलुङदेउराली गाविसको गोदार परिवारका छोरा वैदेशिक रोजगारका लागि खाडी मुलुक गएका छन् । लोग्ने बाहिर रहेकै बेला बुहारीले पेट बोकिन् । सोधिखोजी हुँदा ६० वर्षका ससुराले जबरजस्ती गरी पेट बोकाएको बयान बुहारीले दिइन् । ससुराले पनि स्वीकार गरे । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा बुहारीले अकस्मात् बयान फेरिन्, हैन, आफ्नै १४ वर्षका छोराले गर्भ बोकाएको भनेर ।
लौन कस्तो कलियुग लागेको । के–के मात्र देख्न सुन्न परेको ! ससुरा–बुहारीको सम्बन्ध बाबु–छोरीको जस्तो हुनुपर्ने । यहाँ ससुराले बुहारीलाई बलात्कार गरेको कुरा । अझ त्यो रातारात परिवर्तन भएर आफ्नै नाबालाक छोराले गरेको आरोप !

बयान फेरिएपछि प्रहरीले राति नै ती महिलाका १४ वर्षका छोरालाई अनुसन्धान गर्ने भन्दै नियन्त्रणमा लियो र ससुरालाई छाडिदियो । तर, यो कुरा समाजलाई पचेन । दोषीलाई पक्रन अनुसन्धान नगरी चलखेल गरी निर्दोष नाबालकलाई फसाउन खोजेको भन्दै वालिङमा रहेको वडा प्रहरी कार्यालय घेरियो । दिनभर नाराबाजी र धर्ना भयो । आन्दोलनकारीको तारो थिए, वडा प्रहरी कार्यालयका प्रमुख हरिकृष्ण केसी । पैसाको चलखेल गरी नाबालक बच्चालाई नियन्त्रणमा लिएर ससुरालाई छाडेको आरोप थियो गाउँलेहरुको । बच्चालाई छोड, ससुरालाई पक्र, गाउँलेहरुको माग थियो । तर पीडित महिलाले दिएको बयानकै आधारमा छोरालाई पक्रेको भन्दै प्रहरी छोड्न तयार भएन । अनि आन्दोलनकारीले केही समय सिद्धार्थ हाइवे समेत चक्काजाम गरे ।

आन्दोलनकारीले चौकी नै नियन्त्रणमा लिन खोजेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भयो । केही महिला र प्रहरी घाइते समेत भए । घटनाले उग्ररुप लिन थालेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक आभुषण तिमिल्सिना आए र नाबालकलाई गाउँलेको जिम्मा लगाउने र आरोपीलाई पक्रने सहमति भयो । भोलिपल्ट महिला अधिकारवादीहरुले बुहारीलाई सोधपूछ गर्दा म र छोराछोरी सुरक्षित हुने ग्यारेन्टी भए मात्र सब कुरा बताउँछु भनिछिन् । सुरक्षाको आस्वासन दिएपछि उनले प्रहरीकै अगाडि भनिछिन्, गर्भ ससुराकै हो । आफू र छोरा सुरक्षित हुने भएकाले छोरालाई आरोप लगाएको उनले बताइन् । छोरालाई त्यस्तो गम्भीर आरोप बोक्न लगाएको त भन्दा बुहारी बोल्नै सकिनछिन् । रोएर बसिछिन् । १४ वर्षका नाबालकले पनि कुटपिट गरेपछि डराएर आफूले हो भनेर बयान दिएको बताएछन् ।
यो घटनामा को दोषी को, पूर्ण छानबिन नभएसम्म यसै बताउन सकिने कुरा हैन । तर घटनाक्रम सुन्दा निर्दोष लाग्ने नाबालकलाई समेत मिडियामा किन अनुहार चिनिने गरी अन्तरवार्ता लिइएको हो, बुझ्नै गाह«ो छ । त्यति मात्र नभई, मिडियामा उनी पढ्ने गरेको विद्यालय र कक्षा समेत खुल्ने समाचार आएका छन् ।

उनले भनेकी छन्, ‘मिडियामा पत्रकारहरुसँग कुरा गर्दै बुहारीले यसो भनेको कुरा पनि आएको छ–‘मैले श्रीमानको माया कहिल्यै पाइनँ, उहाँले ४ लाख दिन्छु सम्वन्ध विच्छेद गरौँ भन्ने प्रस्ताव आएको थियो अब ४ लाख होइन ४ कौडी पनि पाउने भइनँ ।’ यसले दुई वर्षदेखि पति विदेश भएका गोदार दम्पतिको वैवाहिक सम्बन्ध पनि राम्रो नभएको संकेत दिएको छ । वयस्कहरुले गरेको गल्तीको दोष बिचरा नाबालकलाई दिइएको छ । कस्तो भयो होला बिचराको मनस्थिति ! पढ्नमा अत्यन्तै लगनशिल बालक केही दिनदेखि टोलाउने र रुने मात्र गरिरहेको विद्यालयका प्रिन्सिपललाई उद्धृत गर्दै समाचार आएका छन्। अहिले उनी असुरक्षित भएको भन्दै विद्यालयले नै संरक्षणमा लिएर गोप्य ठाउँमा लुकाएर राखेको रहेछ । अहिले प्रहरीले समेत यो घटनाको अनुसन्धानमा हात झिकेछ।

प्रहरी निरीक्षक हरिकृष्ण केसीको भनाईका रुपमा यस्तो उद्धृत गरिएको छ,‘फौजदारी अपराध अनुसूची १ अन्तर्गतका घटनामा प्रहरीले कारवाही गर्न मिल्छ । तर हाडनाता करणी जस्तो दुनियावादी अपराधमा छानबिन गर्न मिल्दैन ।’ यस्तो मुद्दा सिधै अदालतमा जान्छ रे । तर बाल न्याय नियमावली २०६३ मा भएको व्यवस्था विपरीत किन राति गएर प्रहरीले गिरफ्तार र्गयो, त्यसको जवाफ चाहिँ छैन। के प्रहरीलाई पनि कानुन राम्रोसँग थाहा नभएको हो ? अब प्रहरीले नै यो विषयमा छानबिन गर्न नमिल्ने भएपछि घटनाको सत्यतथ्य कसरी बाहिर आउँला त ? अब त ससुरा पनि फरार छन् रे । खासमा दोषी को होला त ? अनि बिचरा बालक कहिलेसम्म त्यसरी असुरक्षित भएर बस्नु पर्ने होला त ? उसको भविष्यबारे सोच्ने चाहिँ को होला त ? घटनाको एक महिना बितिसक्दा पनि यी प्रश्न अनुत्तरित नै रहेको समाचार खबर साइटमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७