भेरी अस्पतालमा कैलालीका कोरोना संक्रमितको मृत्यु


१ बैशाख २०७८, बुधबार
veri

बाँके, १ बैसाख । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक कोरोना संक्रमितको ज्यान गएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–१ का ३७ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति ९ः५० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि चैत ३० गते पीसीआर परीक्षण गरिएकोमा सोही दिन उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै भेरी अस्पतालको कोभिड विशेष वार्डमा भर्ना गरिएको उनको उपचारको क्रममा मंगलबार राति मृत्यु भएको उनले बताए ।
ओलीका अनुसार योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७