लुम्बिनीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा


प्रकाशित मिति : April 19, 2021

लुम्बिनी, ६ बैसाख । लुम्बिनी प्रदेशमा आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे लगत्तै उनीहरुले राजीनामा दिएका हुन् । उनीहरु माओवादी केन्द्रबाट मन्त्री बनेका थिए ।

माओवादी केन्द्रले कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको छ । अविश्वासको प्रस्तावसँगै कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रुपमा अघि सारिएको छ । ८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ जना प्रदेशसभा सदस्य चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्