माओवादी केन्द्रको बैठक : सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे गरेन निर्णय


७ बैशाख २०७८, मंगलवार
mao

काठमाडौं, ७ बैसाख । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वर पोरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आज पनि सरकारलाई दिँदै आएको फिर्ता लिनेबारे कुनै निर्णय गरेन ।

माओवादी बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे छलफल गर्दै आए पनि निर्णय भने गर्न नसकेको हो । बैठकपछि नेता देवेन्द्र पौडेलले सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल भए पनि कुनै निर्णय नभएको बताए । बैठक भोलि पनि बस्ने जनाइएको छ । आजको वैठकलाई निकै चासोपूर्वक हेरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७