१८ वाट फास्ट चार्जिङ सुविधा भएको ओपो फोन


७ बैशाख २०७८, मंगलवार
oppoa541618899571

काठमाडौं, ७ वैशाख . चिनियाँ स्मार्टफोन कम्पनी ओपोको ‘ओपो ए–५४’ भर्खरै बजारमा आएको छ। तपाईं मध्यम मूल्यमा उत्कृष्ट फिचर भएको फोन खोज्दै हुनुहुन्छ भने यो विकल्प हुन सक्छ।
फोनमा कम्पनीले ब्याट्री, क्यामरा, डिस्प्ले र कार्यक्षमतालाई विशेष जोड दिएको बताएको छ। यसमा ग्राहकले ६.५१ इञ्चको पञ्चहोल डिस्प्ले पाउँछन्। ठूलो आकारको डिस्प्ले भएकाले प्रयोगकर्तालाई मुभि हेर्न, गेम खेल्न र अन्य कामका लागि सहज हुन्छ।

फोनमा ५ हजार एमएएच ब्याट्री क्षमता भएकाले प्रयोगकर्तालाई पटक–पटक फोन चार्ज गरिरहन पर्दैन। ब्याट्रीलाई एकपटक पूर्ण रुपमा चार्ज गरेपछि दुई दिनसम्म ढुक्कले चलाउन सकिने कम्पनीले बताएको छ।कम्पनीका अनुसार फास्ट चार्जरले साढे २ घण्टामै फोनलाई पुरा चार्ज गर्दछ।

ग्राहकले फोन ४ जिबी र्याम र १२८ जिबी स्टोरेजमा पाउँछन्। फोनमा १३ एमपी वाइड, २ एमपी म्याक्रो र २ एमपी बोके क्यामरा छ। सेल्फीका लागि १६ मेगापिक्सलको लेन्स छ। यी लेन्सको सहायताले प्रयोगकर्ताले गुणस्तरीय फोटो खिच्न सक्छन्। फोन क्रिस्टल ब्ल्याक र स्टारी ब्लु गरी दूई रंगमा पाइन्छ।फोनको मूल्य २५ हजार ९ सय ९० छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७