दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु


९ बैशाख २०७८, बिहीबार
kp oli madhav nepal 1

काठमाडौं, ९ बैसाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ ।

यसअघि हिजो (बुधबार) बेलुका पनि दुईघ ण्टा बढी वार्ता उनीहरुबीच भएको थियो । वार्तामा खासै प्रगति नभएको नेताहरुले जनाए पनि प्रधानमन्त्रीका एक जना सल्लाहकारले ‘ठूलै दुर्घटना’ टरेको बताएका थिए । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले वार्ता नै नभएको अवस्थामा दुई नेताबीचको संवादले सकारात्मक संकेत गरेको बताएका थिए ।

एमाले अध्यक्ष ओलीको निर्णयविरुद्ध माधव समूहका नेताहरु बुधबार दिउँसो सर्वोच्च अदालत गएका थिए । तर, उनीहरुको रिट निवेदन दर्ता भएको छैन । नेपाल समूहका चार प्रदेशसभा सदस्यले कर्णालीमा फ्लोर क्रस गरेपछि मंगलबार माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधिएको छ । चित्तबुझ्दो स्पष्टीकरण नआए १० गते बस्ने महाधिवेशन आयोजक समितिको बैठकले कारबाही गर्ने ओली समूहका नेताहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७