ओलीले बनाए नयाँ स्थायी कमिटी : बादल र रायमाझी थपिए, नेपाल–खनाल पक्षका परेनन्

बामदेव गौतम पनि नयाँ स्थायी कमिटीको सूचीमा


प्रकाशित मिति : April 23, 2021

काठमाडौं, १० बैसाख । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बनाएका छन् ।
स्थायी कमिटी सदस्यमा माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा रहेका नेताहरु भने छैनन् ।

स्थायी कमिटीमा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुबीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल सदस्य रहेका छन् । एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्