भारतमा एकै दिन थपिए ३ लाख १९ हजार संक्रमित, २७ सय बढीको मृत्यु


१४ बैशाख २०७८, मंगलवार
korona

नयाँदिल्ली, १४ बैैसाख । भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन् । विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाख नाघ्न थालेको छ । भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदर समेत बढिरहेको छ । पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको हो ।

पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख १९ हजार ४३५ जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिन भारतमा ३ लाख ५२ हजारभन्दा बढी संक्रमित थपिएका थिए । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ७६ लाख नाघेको छ ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २८ लाख ७२ हजारभन्दा संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ४६ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ४३७ जनाको मृत्यु भएको छ । तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ४३ लाखभन्दा बढी संक्रमित रहेका छन् ।

त्यहाँ पछिल्लो २४ घण्टामा २९ हजारभन्दा बढी संक्रमित थपिँदा १२ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २७ सय ६४ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ९७ हजार ८८० पुगेको छ । संक्रमितमध्ये एक करोड ४५ लाखभन्दा बढी निको भइसकेका छन् भने २८ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७