म्यानचेस्टर सिटी पहिलोपल्ट च्याम्पियन्स लिग फाइनलमा


२२ बैशाख २०७८, बुधबार
man city fc 3 0552021032250 1000x0 1

काठमाडौं, २२ बैसाख । रियाद मेहरेजले गरेको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई इतिहाडमा २–० ले हराउँदै पहिलोपल्ट युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको छ ।

यो जितपछि दुई लेगको सेमिफाइनलमा सिटी समग्रमा ४–१ ले अगाडि रह्यो । खेलमा सिटी हाबी भएपछि फ्रान्सेली प्रतिद्वन्द्वी पीएसजी सेमिफाइनलमै रोकियो । खेलको ६९ औं मिनेटमा एन्जेल डि मारियालाई रातो कार्ड देखाइएपछि पीएसजी १० खेलाडीमा सीमित रह्यो । अब पेप ग्वार्डिओलाको सिटीले मे २९ मा इस्टानबुलमा हुने फाइनलमा चेल्सी अथवा रियल म्याड्रिडको सामना गर्नेछ ।

बार्सिलोनाका लागि दुई पल्ट च्याम्पियन्स लिग जितेका ग्वार्डिओलाले फेरि एकपल्ट फाइनलमा प्रवेशका लागि भने १० वर्ष कुर्नु प¥यो । लिग चरणका सबै ६ खेल जितेको सिटी फाइनल प्रवेशका लागि पूर्ण हकदार पनि देखिएको थियो । मेहरेजले ११ औं मिनेटमा पहिलो गोल गरेपछि ६३ औं मिनेटमा दोस्रो गोल थपे । पीएसजीमा चोटग्रस्ट खेलाडी केलयिन एम्बापेको अनुपस्थिति महँगो सावित भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७