किन चर्कियो अक्सिजनको अभाव ?


२४ बैशाख २०७८, शुक्रबार
oxygen 1 1

काठमाडौं, २४ बैसाख । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरुमा अक्सिजनको अभाव चर्किदै गएको छ । उपत्यकाका अक्सिजन प्लान्टलाई बुधबारबाट पूर्ण क्षमतामा सञ्चालन गरिए पनि उपत्यकाबाहिरका प्लान्टले क्षमताको ५५ प्रतिशत मात्र अक्सिजन उत्पादन गरिरहेका छन् । उपत्पादकहरुले भने सबै प्लान्ट पूर्ण क्षमतामा चल्ने गरी खाली सिसलन्डर नै नरहेको जनाएका छन् ।

अस्पताल भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजन चाहिन थालेपछि कतिपय व्यापारीले कालोबजारी गर्दा र व्यक्तिगत तहमा समेत जोहो गरेर राख्नाले सिलिन्डर अभाव हुन थालेको जानकारहरु बताउँछन् ।

सिलिन्डर लुकाउने प्रवृत्ति बढेपछि स्थानीय प्रशासन र सरोकारवाला निकायले छापा मार्न थालेका छन् । काठमाडौं उपत्यकामा मात्र बिहिबार ६ हजार ७ सय ८४ थान अक्सिजन सिलिन्ठर नियन्त्रणमा लिइएको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७