कोरोनाबाट बाजुरामा वडाध्यक्षको मृत्यु


२६ बैशाख २०७८, आईतवार
bajura covid

बाजुरा, २६ बैसाख । कोरोना भाइरस संक्रमणबाट बाजुरामा एक वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष बिनोदकुमार बिकको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको हो ।

बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले विगत एक हप्तादेखि बिरामी रहेका उनलाई शनिबार कोरोना पुष्टि भएको बताउँदै थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।

उनको अछामको साफेबगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मेयर बडुवालले जानकारी दिए । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका बिक पार्टीको जिल्ला कमिटी सदस्य पनि थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७