माल्दिभ्सका पूर्व राष्ट्रपतिमाथि बम आक्रमण : प्रमुख योजनाकार पक्राउ


२७ बैशाख २०७८, सोमबार
092267af54397106436fa95c225b6472 w1000 h500 cp

काठमाडौं, २७ बैसाख । माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशीदमाथि भएको बम आक्रमणमा सम्लग्न रहेको आरोपमा त्यहाँको प्रहरीले अर्का एक जनालाई पक्राउ गरेको छ ।

आक्रमणमा सम्लग्नता रहेका भनिएका दुई आरोपितलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । प्रहरीले तेस्रो व्यक्तिलाई शनिवार पक्राउ गरेको हो । उनीहरुमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । ‘मे ३ मा पूर्वराष्ट्रपतिमाथि भएको आक्रमणका तेस्रो योजनाकारलाई आइतबार बिहान पक्राऊ गरिएको छ,’, माल्दिभ्सको प्रहरीले ट्वीट गरी जानकारी गराएको छ । आइतबार पक्राउ परेका आरोपित घटनाका प्रमुख योजनाकारसमेत रहेको दाबी प्रहरीले गरेको छ ।

राजधानी मालेमा बिहीबार बम बिष्फोटमा ५३ वर्षीय नशीद घाइते भएका थिए । उनको अहिले उपचार भइरहेको छ । पूर्व राष्ट्रपतिको स्वास्थ्यमा क्रमशःसुधार आउन थालेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । नशीदको घरनजिकै भएको बम बिस्फोटमा परेर अन्य अन्य व्यक्ति घाइते भएका थिए ।

घाइते हुनेमा नशीदका अंगरक्षक र अकाए एक विदेशी नागरिक छन् । प्रहरीले नशीदमाथि भएको आक्रमणलाई आतङ्कवादी आक्रमण भनेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७