एसईई र कक्षा १२ को परीक्षा स्थगित


२७ बैशाख २०७८, सोमबार
exam board 1112

काठमाडौं, २७ बैसाख । यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज (सोमबार) बिहान बसेको बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

एसईईको परीक्षा १३ जेठदेखि र १२ को परीक्षा २६ जेठदेखि तोकिएको थियो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ५ लाख १७ हजार विद्यार्थी एसईई दिने तयारीमा छन् । त्यस्तै करिब ४ लाख विद्यार्थी कक्षा १२ को परीक्षा दिने तयारीमा रहेकको बोर्डले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७