प्रतिनिधिसभाको अधिवेशन आजै रातिबाट अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस


२७ बैशाख २०७८, सोमबार
Cabinet Meeting1619094405 scaled

काठमाडौं, २७ बैसाख । सरकारले प्रतिनिधिसभाको अधिवेशन आज (सोमबारं रातिबाटै अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
सोमबार साँझा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आज संसदमा मतदान भएको थियो । मतदानमा प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ मत परेको थियो । बहुमतका लागि १३६ रन आवश्यक पर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७