ओली सपथको तयारीमा, बुढानिलकण्ठमा देउवा–प्रचण्ड र उपेन्द्र यादवको बैठक


३१ बैशाख २०७८, शुक्रबार
sherbahadur deuwa prachand and upendra yadhav

काठमाडौं, ३१ बैसाख । प्रधानमन्त्रीमा पुनर्नियुक्त भएका केपी शर्मा ओली सपथको तयारी गर्दा गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बुढानिलकण्ठमा माओवादीसहितको बैठक शुरु भएको छ । बिहान ११:१५ बजेदेखि बैठक जारी रहेको एक नेताले जानकारी दिएका छन् ।

बैठकमा कांग्रेस शीर्षस्थ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।

बैठकमा सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल रहेको स्रोतले जानकारी दिएको छ । त्यस्तै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, जसपा अध्यक्ष यादव पनि बैठकमा छन् । अहिले कांग्रेसका अर्का महामन्त्री डा. शशांक कोइराला पनि थपिएको नेताहरूले बताएका छन् ।

बैठकमा पूर्व सभामुख ओन्सरी घर्ती मगरलगायत पनि रहेको बताइएको छ । गठबन्धन सरकार बनाउन चुकेपछि प्रधानमन्त्री केपी शर्मा ओली संविधानको धारा ७६ (३) अनुसार पुनः नियुक्त भइसकेका छन् । अहिले उनको सपथको तयारी भइरहेको छ । उता विपक्षी गठबन्धन मोर्चा कसेरै छलफल आरम्भ गरेको हो । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो र एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले साथ नदिंदा विपक्षी गठबन्धन नयाँ सरकार निर्माणमा चुकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७