सबै जिल्लामा अक्सिजन, आईसीयू र खोपको व्यवस्था गर : देउवा


३१ बैशाख २०७८, शुक्रबार
deuwa

काठमाडौं, ३१ बैसाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारी रोकथामका लागि सबै जिल्लाहरुमा तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै उनले कोरोना महामारीले उग्ररुप लिएको भन्दै यस्तो बेलामा गम्भीर र जिम्मेवार बन्न सरकारलाई आग्रह गरेका हुन् । ‘म सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोपलगायतका औषधीको व्यवस्था गर्न माग गर्दछु’ उनले भनेका छन् ।

देउवाले अहिलेको विषम अवस्थामा नेपाललाई सहयोग गरिदिन मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई अपिल गरेका छन् । उनले सर्वसाधारणलाई स्वास्थ्यका मापदण्ड अपनाउन, आफ र आफ्नो परिवारलाई सुरक्षित राख्न आग्रह गरेका छन् । देउवाले कांग्रेस कार्यकर्तालाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७