बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


२ जेष्ठ २०७८, आईतवार
gold

काठमाडौं, २ जेठ । नेपालमा आज (आइतबार) सुनको भाउ उकालो लागेको छ । आज सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको छ । अस्ती शुक्रबार तोलामा ९१ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज ९ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी पनि तोलामा २० रुपैयाँले बढेर १३ सय ५० रुपैयाँ पुगेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गए पछि अहिले सुनको कारोबार ठप्प छ । तर, महासंघले अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको बजार भाउ भने तोक्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७