थप ६,६४८ कोरोना संक्रमित निको, ७,३६८ जना नयाँ थपिए, १४५ को मृत्यु


२ जेष्ठ २०७८, आईतवार
korona

काठमाडौं, २ जेठ । नेपालमा पछिल्लो २४ घण्टााम देशभरबाट थप ६,६४८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । सोही अवधिमा नेपालमा थप ७,३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ५३९ र एन्टिजेन विधिबाट ३४४ जनाको परीक्षण गर्दा ७,३६८ जनामा संक्रमण पुष्टि भएको हो ।

भिडियाे

त्यस्तै थप १४५ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या पाँच हजार १ पुगेको छ। त्यस्तै देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने हालसम्म तीन लाख ३९ हजार ७५६ जना निको भइसकेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल देशभर एक लाख १० हजार २६३ सक्रिय संक्रमित आइशोलेशन र ७०१ जना क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७