८–१० दिनभित्रै लिक्विड अक्सिजनको ट्यांकर भारतबाट नेपाल आउँछ : राजदूत क्वात्रा

कमलपोखरीको अग्रवाल भवनमा १२६ जना अट्ने आइसोलेसन स्थापना


३ जेष्ठ २०७८, सोमबार
thumb 8

काठमाडौं, ३ जेठ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ८–१० दिनभित्रै भारतबाट नेपालमा लिक्विड अक्सिजनसहितको ट्यांकर आउने बताएका छन् ।

कमलपोखरीमा रहेको अग्रवाल भवनमा निर्माण गरिएको आइसोलेसन सेन्टर उद्घाटन गर्दै राजदूत क्वात्राले अबको ८–१० दिनमा लिक्विड अक्सिजनको ट्यांकर भारतबाट नेपाल आउने जानकारी गराएका हुन् । अस्पतालमा अक्सिजनको कमी नहोस् भनेर भारतबाट लिक्विड अक्सिजनको ट्यांकर नेपाल आउन लागेको उनले जनाएका हुन् ।

उनले कोरोना महामारीकाविरुद्ध लड्न नेपाललाई भारतले आग्रसर रुपले सहयोग गरिरहेको बताए । भारतबाट नेपालमा २३ लाख डोज कोभिशिल्ड खोप आइसकेको उनले जानकारी दिए । कोभिड–१९ को महामारी दक्षिण एसियामा तीव्र रुपमा फैलिएको भन्दै महामारीका विरुद्ध लड्न व्यक्ति, परिवार, समाज र सरकारको संयुक्त प्रयास आवश्यक पर्ने उनले बताए ।

अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एसोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले संयुक्त रुपमा सञ्चालन गरेको उक्त आइसोलेशन सेन्टरमा करिब १२६ जना अट्न सक्ने क्षमता छ । आइसोलेसन केन्द्रमा एउटा हलमा ९० जनासम्म मानिस राख्न सक्ने गरी व्यवस्थित गरिएको छ । प्रति कोठामा दुई जना बस्ने गरी १८ वटा कोठा बनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७