जङ्गली हात्तीले लियो ज्यान


४ जेष्ठ २०७८, मंगलवार
elephant

झापा, ४ जेठ । झापाको मेचीनगर नगरपालिका–९ का ४५ वर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

गत राति साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट एक जंगली हात्ती आई गाउँ पसेकाले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । घाइतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सोही राति सवा २ बजे मृत्यु भएको हो । हात्तीलाई प्रहरी र स्थानीयबासीको सहयोगमा जंगलतर्फ लखेटिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७