एनसेलको नयाँ वेबसाइटबाटै प्याक लिन तथा रिचार्ज गर्न सकिने


११ जेष्ठ २०७८, मंगलवार
ncl scaled

काठमाडौं, ११ जेठ । एनसेल आजियाटाले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाकासाथ आफ्नो नयाँ वेबसाइट संचालनमा ल्याएको छ।

ग्राहकले अब वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्ज लगायतका सेवाहरु लिन सक्छन्। यो नयाँ वेबसाइटलाई वेब एपको रुपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाहरुको फाइदा लिन सकिन्छ।

ग्राहक सेवालाई अझै परिस्कृत गर्दै लाने उदेश्य अनुरुप संचालनमा ल्याइएको नयाँ वेबसाइट एनसेलको डिजिटल अभियान अन्तर्गतको एक कार्य रहेको कम्पनीले जनाएको छ। यसै अन्तर्गत एनसेलले विविध सेवा सुविधाहरु सहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याइसकेको छ।

नयाँ वेबसाइटबाट प्याक खरिद गर्ने ग्राहकका लागि प्याकको खरिदमा १०० प्रतिशत सम्म थप भोल्युम सहितका आकर्षक अफरहरु पनि रहेको कम्पनीले जनाएको छ।

यस कोरोना महामारीकाबीच ग्राहकले घरबाटै आफ्नो आवश्यकता अनुसारको सेवाहरु वेबसाइट मार्फत खरिद गर्न सक्नेछन्।विषेश अफर अन्तर्गत ग्राहकले वेबसाइटमार्फत प्याकको खरिदमा १५० एमबी देखि २ जीबीसम्म बोनस डेटाको फाइदा लिन सक्छन्।

बोनस १ दिनको प्याक १८ रुपैयाँ, ७ दिनको प्याक ९८ रुपैयाँ, १४ दिनको प्याक १३९ रुपैयाँ लागू रहेको छ भने ट्रिपल मजा अन्तर्गत ७ दिनको प्याक १०९ रुपैयाँ, १० दिनको प्याक १४७ रुपैयाँ र ३० दिनको प्याक ४५९ रुपैयाँमा थप ०.५ जीबी देखि ०.७५ जीबीसम्म बोनस डेटाको योजना रहेको छ।

त्यसैगरी ग्राहकले केही प्याकहरुमा डबल डेटा पाउँछन् र अलवेज अन डेटा प्याक खरिद गर्दा तीन गुणा बढी डे डेटा पाउने कम्पनीको भनाइ छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७