ईश्वर पोखरेल सरकारबाट ‘आउट’


२१ जेष्ठ २०७८, शुक्रबार
Ishwor Pokhrel ईश्वर पोखरेल is a current Secreteriat member of Nepal Communist Party and also the Deputy Prime Minister and Minister of Defence
फाइल फोटो

काठमाडौं, २१ जेठ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी महासचिव ईश्वर पोखरेललाई सरकारको जिम्मेवारीबाट हटाउने भएको छ । उनलाई पार्टीको जिम्मा दिन लागिएको एक नेताले जानकारी दिएका छन् ।

‘उहाँलाई उपप्रधानमन्त्रीबाट हटाइएको छ । उहाँको काम अब पार्टी हाँक्ने हो’, स्रोतले भन्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहका १० जनालाई समेटेर मन्त्रिपरिषद विस्तार गर्दैछन् । ओली सरकारमा आज सहभागी हुँदै गरेको जसपाबाट राजेन्द्र महतो उपप्रधानमन्त्री बन्दैछन् । जसपालाई उपप्रधानमन्त्री दिनु पर्ने भएका कारण ओली सरकारमा उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेल बाहिरिनु परेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) मन्त्रीपरिषद् पुनर्गठन गर्दैछन् । आज साँझ जनता समाजबादी पार्टीका नेताहरुलाई उनले सरकारमा सहभागी गराउने भएका हुन् ।

जसपाबाट उपप्रधानमन्त्रीसहित आठ मन्त्री र दुई राज्यमन्त्रीसहित १० जनालाई साँझ ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउने तय भएको छ ।
यी हुन् नयाँ मन्त्रीहरु
राजेन्द्र महतो –उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालय
शरद सिंह भण्डारी– ऊर्जा तथा जसस्रोत मन्त्रालय
अनिल झा– खानेपानी तथा सरसफाई मन्त्रालय
लक्ष्मणलाल कर्ण–भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
बिमल श्रीवास्तव – श्रम तथा रोजगार मन्त्रालय
उमाशंकर अरगरिया– वन तथा वातावरण मन्त्रालय
चन्दा चौधरी– महिला तथा बालबालिका मन्त्रालय
एकबाल मियाँ– युवा तथा खेलकूद मन्त्रालय
चन्द्रकान्त चौधरी –(राज्यमन्त्री, ऊर्जा)
रेणुका गुरुङ (राज्यमन्त्री, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७