असार १ देखि वीरगञ्जका विद्यालयहरु खुल्ने


२२ जेष्ठ २०७८, शनिबार
school

पर्सा, २२ जेठ । पर्साको वीरगञ्ज महानगरपालिकाभित्र असार १ गतेदेखि क्रमिक रुपमा विद्यालय खुल्ने भएको छ । असार १ गतेदेखि कक्षा ८ भन्दा माथिका कक्षा सञ्चालन गर्ने निर्णय भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपकुमार निरौलाले जानकारी दिए ।

विद्यार्थीहरुको शैक्षिक भविष्य अन्यौलमा परेकोले क्रमिक रुपमा विद्यालय खोल्ने रणनीति अनुसार असार १ गतेदेखि माथिल्लो तहको कक्षा सञ्चालन गर्ने निर्णय भएको उनको भनाइ छ । विद्यालयमा भौतिक उपस्थिति गराइ पठनपाठन गर्न विद्यार्थीका अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना गर्नुपर्ने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले विज्ञप्ती निकालेर जानकारी दिएका छन् ।

यस्तै वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरुमा असार १ देखि ७ गतेसम्म विद्यार्थी भर्नालगायत व्यवस्थापकीय काम हुने भएको छ । यही असार ८ देखि १५ गतेसम्म भर्ना सप्ताह अन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गर्ने महानगरपालिकाको निर्णय रहेको छ । असार १५ गतेपछि भने नियमित रुपमा सबै विद्यालय खोल्ने तयारी भएको महानगरपालिकाले निकालेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७