कक्षा ११ का विद्यार्थीको अन्तिम मूल्याङ्कन विद्यालयबाटै


२३ जेष्ठ २०७८, आईतवार

काठमाडौं, २३ जेठ । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्नेछन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ ।

कक्षा १२ को परीक्षाको विषयमा भने कुनै निर्णय गरिएको छैन । बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन समेत वैकल्पिक विधिबाट गर्ने प्रस्ताव गरे पनि सरकारले यस विषयमा कुनै निर्णय गरेको छैन ।

गत वर्ष कक्षा १२ मा बोर्डले ४० अङ्कको लिखित परीक्षा लिएको थियो । त्यसबाहेक विद्यार्थीको आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नतिजालाई समेत आधार मानिएको थियो । केही महिना कुरेर भए पनि पुरानै मोडलबाट कक्षा १२ को परीक्षा हुने सम्भावना रहेको जनाइएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७