चीनले अनुदानमा दिएको भेरोसेल खोप आजदेखि सबै जिल्लामा लगाइँदै


२५ जेष्ठ २०७८, मंगलवार
korona khop

काठमाडौं, २५ जेठ । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आजदेखि विभिन्न उमेर समूहलाई लगाइँदैछ ।
यसअघि सरकारले ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिएपछि हिजो स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै सीमित जिल्लाहरुमा १८ वर्षमाथिका र ५५ वर्षमाथिका उमेर समूहलाई समेत दिन भनिएको थियो ।

विभागको परिपत्र अनुसार अब उत्तरी छिमेकी तिब्बतसँग जोडिएका जिल्लामा १८ वर्षमाथिका पहिलो डोज लगाउन बाँकीलाई प्राथमिकता दिइनेछ भने सबै हिमाली जिल्लाका ५५ वर्षदेखि ५९ वर्षबीचकालाई पनि पहिलो डोज खोप लगाइने छ ।

अन्य जिल्लाका नागरिकको हकमा ६२–६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन परिपत्रमार्फत् आग्रह गरिएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको लागि खोप दिने भनिए पनि पर्याप्त खोप नभएकाले माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने र उपलब्धताको आधारमा बाँकीलाई खोप दिन आग्रह गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७