जङ्गली च्याउ खाँदा इलाममा दुईको मृत्यु, दुई जना बिरामी


२५ जेष्ठ २०७८, मंगलवार
mosroom

इलाम, २५ जेठ । इलाममा जंगली च्याउ खाँदा इलाममा दुई जनाको ज्यान गएको छ । जेठ २२ गते राति सन्दकपुर गाउँपालिका–१ खोलाघारीका ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको जंगली च्याउको तरकारी खाँदा मृत्यु भएको हो ।

बीरमान राई र उनकी श्रीमती ३२ वर्षीया बिष्णुकुमारी राईको झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको इलामका डीएसपी लालधव्ज सुवेदीले जानकारी दिएका छन् । उनीहरुको अवस्था सामान्य छ ।

जेठ २२ गते राति बीरमान राईको घरमा उनीहरुले च्याउ पकाएर खाएका थिए । च्याउ खाए लगतै उनीहरु विरामी परेपछि चारै जनालाई जिल्ला अस्पताल इलाम लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बीएण्डसी अस्पताल झापा रेफर गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७