थप ५,२९३ ले जिते कोरोना, ३,७४९ नयाँ थपिए, ५९ जनाको मृत्यु

२६ जिल्लामा १० जनाभन्दा कम संक्रमित थपिए


२७ जेष्ठ २०७८, बिहीबार
korona

काठमाडौं, २७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५,२९३ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका भएका छन् ।
यस अवधिमा नेपालमा ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१५ हजार २३८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा जम्मा संक्रमित हुनेको संख्या ६ लाख एक हजार ६८७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ७७ हजार ८५८ रहेको छ । आज ५९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।

२६ जिल्लामा १० जनाभन्दा कम संक्रमित थपिए
पछिल्लो २४ घण्टामा उपत्यका बाहिर सबैभन्दा धेरै झापामा १९२ जना संक्रमित थपिएका छन् । त्यसैगरी सुनसरीमा १६६, मोरङमा १४३ र कास्कीमा ११२ जना संक्रमित थपिएका छन् । आज इलाम ओखलढुंगा, तेह्रथुम लगायतका २६ जिल्लामा थपिने संक्रमितको संख्या १० भन्दा कम रहेको छ ।

आज देशभर होम आइसोलेसनमा ७२ हजार १७८ जना, संस्थागत आइसोलेसनमा, ५ हजार ६८० जना आईसीयूमा१ हजार २६१ जना र भेन्टिलेटरमा ३८२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७