कुल देवता विवादपछि हत्या प्रकरण : दाजुसहित दुई जना पक्राउ


२९ जेष्ठ २०७८, शनिबार
504 Shares
4dfd7b5afd76676db75c382fbdcf1a4f w1000 h500 cp

महोत्तरी, २९ जेठ । आफ्नै भाइको हत्या गरेको आरोपमा महोत्तरीमा दाजुसहित दुई जना पक्राउ परेका छन् । लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ४५ वर्षीय लक्ष्मण साहको हत्या आरोपमा सहोदर दाजु रामचन्द्र साह र भतिजा उमेश साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गत बुधबार घरमा कूलदेवताको स्थान र पूजा आराधना विषयमा दाजुभाइबीच भएको विवाद झडपमा परिणत हुँदा लक्ष्मण घाइते भएका थिए । उपचारका लागि काठमाडौं पठाइएका लक्ष्मणको शुक्रबार मृत्यु भएपछि विवाद र झडपमा संलग्न दुई जनालाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पक्राउ परेका दुवैलाई जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राखी अनुसन्धान गर्ने म्याद लिइएको प्रहरीले जनाएको छ । मृतकको शव काठमाडौंमै पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि भ्रमरपुरा ल्याइएको प्रहरी उपरीक्षक आचार्यले बताए ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७