कांग्रेसको चेतावनी : होशियार ! शीतलनिवासझैं षड्यन्त्र गण्डकीमा नदोहोरियोस्


२९ जेष्ठ २०७८, शनिबार
bishwo prakash sharma
फाइल फोटो

काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शीतल निवासकोझैं षड्यन्त्र गण्डकी प्रदेशमा नदोहोर्‍याउन चेतावनी दिएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुइ दिनअघि विश्वासको मत गुमाएका पृथ्वीसुब्बा गुरुङको पुनः मुख्यमन्त्रीमा दाबाले षड्यन्त्रको आशंका बढाएको बताएका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका छन्, ‘दुई दिनअघि मात्रै संसदमा विश्वासको मत गुमाएका ब्यक्तिको पुनः मुख्य मन्त्रीमा दावी एकातर्फ हाँयास्पद त छ नै अर्कातर्फ यसले षड्यन्त्रको गम्भीर आशंका र आभाष पनि गराएको छ ।’

कांग्रेसले बहुमत हस्ताक्षर अनुरुप पोखरेललाई अविलम्ब मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रह गरेको छ । मुख्यमन्त्री नियुक्तिको सहज संवैधानिक प्रक्रिया कार्यान्वयनमा ढिलाई गरिएकोप्रति कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको शर्माले बताएका छन् ।

‘शितल निवासमाझैं षड्यन्त्रको कुनै दबाबमा नपर्न प्रदेश प्रमुखलाई अपील गर्दै बहुमत ३१ सांसदको हस्ताक्षर र उपस्थितिमा प्रस्तुत दावा बमोजिम मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई अविलम्ब नियुक्त गर्न नेपाली कांग्रेस माग गर्दछ,’ शर्माले भने ।

Jesth 29 Hosiyar Sital Niwas jhai..... Press Release by Bishwa Prakash Sharma 3MPJQSeyDB

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७