सोमालियाको सैन्य तालिम केन्द्रमा आत्माघाती बम हमला, भर्खर भर्ती भएका १५ सैनिकको मृत्यु


२ असार २०७८, बुधबार
somalia

काठमाडौं, २ असार । सोमालियाको सैनिक तालीम केन्द्रमा भएको आत्मघाती बिस्फोटमा नयाँ भर्ना हुन आएका कम्तिमा १५ जना सैनिकहरुको मृत्यु भएको छ ।

घटनामा २० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको अवस्था गम्भीर छ । सोमालियाको राजधानी मोगादिशुको मेडिना जिल्लास्थित सैनिक तालिम केन्द्रमा विस्फोटक पदार्थसहितको ज्याकेट लगाएका एक आत्मघाती हमलाकारी प्रशिक्षार्थीको भेषमा प्रवेश गरी आत्मघाती बिस्फोट गराएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनाको जिम्मेवारी आतंकवादी संगठन अल–शबाबले लिएको छ । मारिेने र घाइते हुनेमा नयाँ भर्तीका लागि तालीम लिइरहेका सैनिकहरु रहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७