विपदमा परेकालाई उद्दार गर्न देउवाद्वारा आफ्ना नेता–कार्यकर्तालाई निर्देशन


२ असार २०७८, बुधबार

काठमाडौं, २ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी तथा पहिरोमा परेकालाई उद्दार गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

सभापति देउवाले ट्वीट गर्दै सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरोमा परेकालाई उद्दारमा खट्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा उद्दार र राहतमा खटिन निर्देशन पनि दिएका हुन् ।

‘केही दिनदेखि परेको अविरल बर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रुप लिएको छ,’ सभापित देउवा ट्वीटरमा लेखेका छन्, ‘यो कठिन अवस्थामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा उद्दार र राहतमा खटिन निर्देशन गर्दछु ।’

साथै उनले विपदमा परेका जनतालाई उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवश्यक राहत प्याकेज घोषणा गर्न माग गर्न सरकारसँग माग गरेका छन् । उनले भनेका छन्, ‘सरकारलाई तत्काल विपदमा परेका जनतालाई उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवश्यक राहत प्याकेज घोषणा गर्न माग गर्दछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७