राष्ट्रिय फुटबल खेलाडीले लगाए कोरोनाविरुद्धको खोप


३ असार २०७८, बिहीबार
korona khop player

काठमाडौं, ३ असार । राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । टोलीका खेलाडी र अफिसियलले आज (बिहीबार) कोरोनाविरुद्धको खोप लगाएको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।

खेलाडी र अफिसियल गरी ३४ जनाले कोभिड भ्याक्सिन लगाएको राष्ट्रिय टोलीका म्यानेजर मधुसुदन उपाध्यायले बताए । उपाध्यायले भने, ‘इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप छनोटमा गएका टोलीमध्ये खेलाडी रोहित चन्द र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बाहेक सबैले खोप लगाएका हौं ।’

199219991 2553128588167362 3993192101691075105 n

नेपाली राष्ट्रिय टोलीले विश्वकप छनोटमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो भने जोर्डन र अष्ट्रेलियासँग समान ३–० ले हार व्यहोरेको थियो । त्योअघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । समूह ‘बी’को चौथो स्थानमा रहेर छनोट चरण सकेको नेपालले सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपको तेस्रो चरणको खेल खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७