घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


६ असार २०७८, आईतवार
gold

काठमाडौं, ६ असार । नेपाली बजारमा केही दिनयता सुन तथा चाँदीको भाउ लगातार घट्न थालेको छ । हप्ताको पहिलो दिन आज (आइतबार) पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ८०० र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७