माधव नेपाल निकट युवा नेता राईको दल दर्ता, चुनाव चिन्ह कलम


९ असार २०७८, बुधबार
00895d398466ee02097462dd91951518 w1000 h500 cp

काठमाडौं, ९ असार । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निकट युवा नेता जीवन राईको नयाँ दल दर्ता भएको छ । राईले निर्वाचन आयोगबाट नयाँ दल दर्ताको प्रमाणपत्र पाएका छन् ।

उनको दल नेकपा एकीकृतमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष रहेका छन् । कार्यसमिति २५ सदस्यीय छ । एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्व नेता राईले नेकपा (एकीकृत) नामको दल दर्ताका लागि वैशाख ७ गते आयोगमा निवेदन दिएका थिए ।

आयोगको जेठ ३० गतेको बैठकको निर्णय अनुसार आज प्रमाणपत्र प्राप्त गरेको उनले बताएका छन् । राई अध्यक्ष रहेको पार्टीको चुनाव चिह्न कलम छ । दल दर्ताको प्रमाणपत्र पाएपछि अध्यक्ष राईले पार्टीको भविष्य उज्वल रहेको बताएका छन् । ‘हामीले सबै पार्टीका नेताहरुसँग दल दर्ताअघि कुराकानी र छलफल गर्‍यौं’, उनले भने, ‘सबै कम्युनिष्टहरुलाई एकीकृत बनाउनका लागि नेकपा (एकीकृत) बनाएका हौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७