मोवाइल चार्जमा राखेर सुतिरहेका बेला चट्याङ लागेर युवकको मृत्यु


११ असार २०७८, शुक्रबार
death

स्याङजा, ११ असार । स्याङजाको अर्जुन चौपारी गाउँपालिका–२ मा आज (शुक्रबार) बिहान चट्याङ लागेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने पूर्णबहादुर गुरुङको छोरा १५ वर्षीय रोहित गुरुङ रहेका छन् ।

आफ्नै घरभित्र सुतिरहेको अवस्थामा आज चट्याङ लागेर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार बिहान साढे पाँच बजेतिर घरमा सुतिरहेको अवस्थामा च्ट्याङ पर्दा किशोरको ज्यान गएको हो । मोबाइल चार्जमा राखेर सुतेका रोहित चट्याङबाट करेन्ट लाग्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । मोबाईल पुरै फुटेको अवस्थामा छ भने चार्जर समेत जलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७