थप ३,८५३ ले जिते कोरोना, २,४४४ नयाँ थपिए, ४२ जनाको मृत्यु


१४ असार २०७८, सोमबार
korona

भक्तपुर, १४ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,८५३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ९२ दशमलब ६ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २,४४४ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ६४० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २,४४४ जनामा कोराना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६,६४८ जनाको पिसिआर परीक्षण गर्दा १,५०९ र ४,९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ९३५ जना संक्रमित पुष्टि भएका हुन् । पछिल्लो २४ घण्टामा देशभर ४२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ५१ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७